रोबोटले बनायो ९ मिनेटमै बस्न लायकको कुर्सी «

रोबोटले बनायो ९ मिनेटमै बस्न लायकको कुर्सी

सिंगापुर-रोबोटले विस्तारै विस्तारै मानिसको सबै काम गर्न थालेको छ । यसको नमुना स्वरुप हालै मात्र रोबोटले ९ मिनेटको छोटो अवधिमी कुर्सी तयार पारेको छ । रोबोटले छोटो अवधिमै गरेको यस किसिमको काम पहिलो पटक हो । यो विशेष किसिमको रोबोटलाई इकिया बोट नाम दिइएको छ । इकिया बोटलाई कन्ट्रोल रोबोटिक्स इन्टेलिजेन्स (सीआआई) प्रोजेक्का मुतावित सिंगापुरको एनटीयूले तयार पारेको हो ।
यो रोबोटले फर्निचर तयार गर्ने कम्पनी आइकियाका लागि कुर्सीको एसेम्बल गरेको हो । रोबोटले ८ मिनेट ५५ सेकेन्डको छोटो अवधिमै यस कामलाई पूर्णता दिएको हो । यो रोबोटमा थ्रीडी क्यामरा तथा सामान उठाउनका लागि दुई हात पनि बनाइएइको छ ।

 

प्रतिक्रिया दिनुहोस्