Logo

फाइव जी स्मार्टफोन ल्याउँदै हुवावे

 चिनियाँ कम्पनी हुवावेले आफ्नो पहिलो फाइव जी स्मार्टफोन सन् २०१९को तेस्रो त्रैमासिकमा ल्याउन भएको छ । कम्पनीले सेनजेनमा आयोजित एक कार्यक्रममा आफ्नो पहिलो फाइव जी स्मार्टफोन बारे यस्तो जानकारी गराएको हो ।
हुवावेइको प्रतिस्पर्धी कम्पनी भिभोले पनि आगामी वर्ष आफ्नो पहिलो फाइव जी स्मार्टफोन ल्याउन लागेको जनाएको छ । उसले क्वालकमको एक्स ५० ५जी एनआर मोडमका साथ आफ्नजो स्मार्टफोन ल्याउन लागेको जनायो ।
अन्य कम्पनीहरूले पनि क्वालकमसँग साझेदारी गरेका छन् । साओमी, नोकिया एचएमडी ग्लोबल, सोनी, एलजी एचटीसी , ओप्पो र जेडटीइजस्ता ब्रान्डले पनि क्वालकमको ५जी मोडमका लागि साझेदारी गरेका छन् ।
कम्पनीका अधिकारी अनुसार ४ जी र ५जीमा आधारभूतरूपमा कुनै फरक छैन् । यसमा तीव्रगतिको सेवाले उपभोक्तालाई फरक पार्नेछ । ५जी टेकनलजि ल्याउनुको उद्देश्य सघनवस्तीमा यसको सेवा तीव्र बनबाउनु रहेको जनाइएको छ ।
हुवावेइका उत्पादनलाई अमेरिकमामा प्रतिवन्ध त लाग्दै भनि सोधिएको प्रश्नको जवाफ दिँदै ती अधिकारीले भने “ हाम्रो स्थिति अमेरिकी बजारमा परिवर्तन भएको छैन् ।” अधिकारीहरूका अनुसार एआई प्रविधिले टेलिमक उद्योगलाई बजार विस्तार गर्न सहयोग गर्नेछ । गत फेब्रुअरीमा हुवावेइ र टेलिकम सेवा प्रदायक भारती एयरटेलले ५जी नेटवर्क भारतमा सफलतापूर्वक परीक्षण सम्पन्न ग¥यो ।

प्रतिक्रिया दिनुहोस्