सामुदायिक विद्यालयमा आकर्षण

जिल्लामा पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थी तथा अभिभावकहरूको आकर्षण बढेको हो ।
जिल्लामा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याउन विभिन्न क्रियाकलापसमेत सञ्चालन गर्दै आएका छन् । सामुदायिक विद्यालयमा कम शुल्कमा पनि अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने सकिने भएकाले अभिभावक तथा विद्यार्थीको आकर्षण बढेको हो । अहिले सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा आपंmैले अध्ययापन गराउने विद्यालयमा शिक्षकहरूले समेत आप्mना छोराछोरी भर्ना गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–१८ मा रहेको मावि रझेनाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले निजी विद्यालयमा अध्ययन गर्ने छोरीलाई मावि रझेनामा ल्याएर भर्ना गरेका छन् । उनले अभिरुचि गौतमलाई रझेनामा कक्षा ४ मा भर्ना गरेर विद्यालयमा भर्ना अभियान सुरु गरेका हुन् ।
सामुदायिक विद्यालयमा सुधार ल्याउन आफूले छोरीलाई विद्यालयमा ल्याएर भर्ना गरेको उनले बताए । “मैले मेरो छोरी भर्ना गरेपछि अरुलाई पनि सामुदायिक विद्यालयमा भर्ना गर्नुस् भन्न सहज हुन्छ,” अध्यक्ष गौतमले भने । सबै मिलेर सामुदायिक विद्यालय सुधार गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । “सामुदायिक विद्यालय निजी विद्यालयभन्दा कुनै पनि कुरामा कमी छैनन् भएका स्रोत र साधनलाई प्रयोग गरेर अगाडि बढ्न सक्नुपर्दछ,” अध्यक्ष गौतमले भने । विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयले पहल थालेको समेत बताए । विद्यालयले अहिले नेपाली माध्यमका साथै अंग्रेजी माध्यमलाई पनि अगाडि बढाइएको विद्यालयले जनाएको छ । विद्यालयले निजीस्तरबाट शिक्षकको व्यवस्था गरेर अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरेको अध्यक्ष गौतमले बताए । त्यसैगरी घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीका वेसर पाण्डेयले पनि आप्mना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने ल्याएको बताइन् । निजी विद्यालयमा भन्दा कम शुल्कमा अंगे्रजी माध्यममै पढाउन पाउने भएपछि आफू सामुदायिक विद्यालयतर्फ आकर्षण भएको बताइन् । अब सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको उनको भनाइ छ ।
१२ सय बढी विद्यार्थी विद्यालय वाहिर
जिल्लामा विद्यालय जाने उमेर समूहका करिब १२ सय विद्यार्थी विद्यालय बाहिर रहेका छन् । विद्यालय जाने उमेरका करिब १२ सय विद्यार्थी विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख रमेशप्रसाद मैनालीका अनुसार यो संख्या विद्यालय उमेर पुगेर पनि विभिन्न कारण विद्यालय नगएका, जिल्ला बाहिरवाट बसाइँसराइ गरेर अभिभावकसँग आउने बालबालिका तथा सडक बालबालिकासमेतको संख्या हो ।
जिल्लामा सबैभन्दा बढी मावि कालाकाटे, मावि गंगटे र प्रावि जौवारी विद्यालयको क्षेत्रमा बढी विद्यार्थी बाहिर रहेको प्रमुख मैनालीले बताए । धेरै विद्यालय बाहिर रहेको क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको एकाइले जनाएको छ । उक्त क्षेत्रमा विद्यार्थी भर्ना गराउने कार्यक्रमका लागि केन्द्रबाट टोली आउने प्रमुख मैनालीले बताए । “विद्यार्थी भर्ना गराउने अभियानमा केन्द्रबाट टोली आउने भनेकाले त्यसैअनुसारको तयारी गरेका छौं यदि उहाँहरू आउन सक्नु भएन भने हामी गएर भए पनि विद्यार्थी भर्ना गर्नेछौं,” प्रमुख मैनालीले भने ।
–अमरराज आचार्य