Logo

जेटटीईलाई कम्पोनेन्ट बिक्री गर्न अमेरिकी कम्पनीमाथि प्रतिबन्ध

लन्डन-न्यूयोर्क-अमेरिकी वाणिज्य विभागले अमेरिकी कम्पनीहरुलाई चिनियाँ दुरसञ्चार उपकरण निर्माता जेटटीईलाई कम्पोनेन्टको बिक्री गर्न प्रतिबन्ध लगाएको छ । नाकाबन्दीको नियम उल्लंघन गरकेको आरोपमा अमेरिकाले अमेरिकी कम्पनीलाई चिनियाँ कम्पनीलाई उपकरण बिक्री गर्नका लागि ७ वर्षको प्रतिबन्ध लगाएको हो ।
यो प्रतिबन्धले जेटटीईलाई ठूलो संकटको अवस्था आउने बताइएको छ । अमेरिकी कम्पनीहरुले जेटटीईको उपकरणमा प्रयोग हुने कम्पोनेन्ट २५ देखि ३० प्रतिशत सम्म आपूर्ति गर्दै आएका छन् । यी सामग्रीहरु नेटवर्किङ गियर र स्मार्टफोनमा प्रयोग हुदै आएको छ ।
अमेरिकी सामान र प्रविधि इरानतर्फ पठाएर अमेरिकी नाकाबन्दीको उल्लंघन गरेको जेटटीईले टेक्सासमा संघिय अदालत सामु स्वीकार गरेको थियो ।
अमेरिकामा पनि स्मार्टफोन बिक्री गर्दै आएको चिनियाँ कम्पनीले जरिवाना र दण्ड स्वरुप अमेरिकामा ८९ करोड डलर तिरेको थिया । यसका अतिरिक्त जेटटीईलाई ३० करोड डलरको जरिवाना तिराउन सकिने बताइएको छ ।
“यदी कम्पनीले यो समस्याको समाधान गर्न सकेन भने कम्पनी अमेरिकी व्यवसायबाट अलग हुन सक्ने छ । अमेरिका बाहिरका कतिपय बैंक र कम्पनीहरु पनि जेटटीईसँग कारोबार नगर्न सक्ने छन्,” अमेरिकी वाणिज्य विभागका पूर्व अधिकारी इरिक हिर्सचोर्नले बताए ।
प्रतिबन्धको मातहतमा अमेरिकी कम्पनीहरुले प्रतिबन्धित सामानहरु जस्तै चिपको सेट जेटटीईलाई प्रत्यक्ष रुपमा वा अन्य मुुलुकको माध्यमाबाट बिक्री गर्न सक्षम हुने छैनन् ।
प्रतिबन्धका कारण यूएस जेटटीईको आपूर्तिकर्ताको सेयरमा भारी गिरावट आएको छ । गत वर्ष आफ्नो कुल आम्दानीको ३० प्रतिशत जेटीईबाट कमाएको अकासिया कम्युनिकेसन्सको सेयरमा ३५ प्रतिशतको गिरावट आएको छ । यो झन्डै २ वर्षकै न्यून हो ।

 

प्रतिक्रिया दिनुहोस्