तेलको मूल्य ३ वर्षकै उच्च «

तेलको मूल्य ३ वर्षकै उच्च

लन्डन-सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढेपछि विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाको आपूर्तिप्रतिको चिन्ताले तेलको मूल्य यो वर्षकै उच्च कायम भएको छ । अमेरिकाले हालै मात्र सिरियामा क्षेप्यास्त्र पठाउने धम्की दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई सिरियाम अमेरिकी क्षेप्यास्त्रका लागि तयार रहन चेतावनी दिएपछिको अवस्थामा अन्तर्राष्ट्रिय तेलको मूल्य ३ वर्षकै उच्च कायम भएको हो । सात वर्षसम्मको गृह युद्धमा मस्कोले सिरियाको सरकारलाई समर्थन गर्दै आएको छ ।
लेबनानका लागि रुसी राजदूतले आफ्नो सेनाले अमेरिकी क्षेप्यास्त्रको प्रतिकार गर्ने र आफूमाथि आक्रमण गर्ने अमेरिकी क्राफ्टलाई निसाना बनाउने बताएपछिको अवस्थामा यो चेतावनीको अवस्था आएको हो । बिद्रोही नियन्त्रित डोउमामा शंकास्पद रासायनिक आक्रमणपछिको अवस्थामा अमेरिकी चेतावनी आएको हो ।
अमेरिकी तेलको मूल्यमा प्रति ब्यारेल १.३१ डलर अर्थात २ प्रतिशतको वृद्धि भई ६६.७० डलर कायम भएको छ । यो मूल्य २०१४ को डिसेम्बर ३ देखिकै उच्च हो ।
ब्रेन्ट कच्चा तेलको मूल्य प्रति व्यारेल ७२ डलर कायम भएको छ । यो पनि अघिल्लो कारोबार अवधिको तुलनामा ९६ सेन्ट अर्थत १.४प्रतिशतले बढी हो । सुरुको सम्झौतामा मूल्य ७३.०९ डलरसम्म पुगेको थियो । यो पनि २०१४ को नोभेम्बर २८ देखिकै उच्च हो ।
ट्रम्पको ट्वीटका कारण विहानीको मूल्यमा वृद्धि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्