एनआईसी एसिया बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोकबजारमा «

एनआईसी एसिया बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोकबजारमा

एनआईसी एसिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका–६, चोक बजार, चितवनस्थित गीतानगर–चोकबजार शाखाको सोमबार एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल एवं बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालबाट संयुक्त रूपमा विधिवत् उद्घाटन भयो । उक्त कार्यक्रमका प्रमुख अतिथी रेनु दाहालले एनआईसी एसिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको जनाकारी गराइन् । साथै उक्त कार्यक्रममा सञ्चालक राजेन्द्रप्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिँदै जाने कुराको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्