चीनलाई खर्ब डलरको शुल्क लगाउने अमेरिकी धम्की «

चीनलाई खर्ब डलरको शुल्क लगाउने अमेरिकी धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकारीहरुलाई चीनको बिरुद्धमा १ खर्ब डलरको शुल्क लगाउने विचार गर्न निर्देशन दिएका छन् ।
यो भन्दा पहिले पनि अमेरिकाले चिनियाँ उयत्पादनमाथि ५० अर्ब डलरको शुल्क लगाएका थिए ।
चीनको वाणिज्य मन्त्रालयले यसको जवाफमा आफ्नो हितको रक्षाका लागि कुनै पनि मूल्य चुकाउनकमा लागि तयार भएको जनाएको छ ।
पछिल्ला दिनहरुमा यी दुई देशले लिएको व्यापारिक फैसलाका कारण अन्तर्राष्ट्रिय बजारलाई अस्थिर बनाएको छ ।
चीनले १०६ महत्वपूर्ण अमेरिकी उत्पादनमा चीनले लगाएको शुल्कको बिरुद्धमा अमेरिकाको यो फैसला लिएको हो ।
ट्रम्पको यो घोषणमाथि चीनका विदेश मन्त्री वाङ यीले आफ्नो प्रतिक्रियामा भनेका छन्,“चीन र अमेरिका विश्वका दुई शक्तिशाली मुलुक हुन् । यी मुलुकहरुले एक अर्कामाथि सम्मानका साथ व्यवहार गर्न आवश्यक छ ।”
“हामी लडाइ चाहदैनौ तर व्यापार युद्धबाट डराउदैनौ पनि,” वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फ्याङले बताए ।
अमेरिका चीन तथा अन्तर्राष्ट्रिय बिरोधको बेवास्ता गर्छ र एकतर्फी तथा संरक्षणवादी कदम कायमै राख्छ भने चीन पनि कुनै किसिमको मूल्य चुकाउनका लागि तयार रहेको उनले बताए ।
चीन पनि आफ्नो नागरिकको हितको रक्षाका लागि उचित जवाफ दिनका लागि तयार रहेको उनले बताए । दुई देशबीचको व्यापार युद्धको खतराले पुरै विश्वको अर्थव्यवस्थामा जोखिम देखा परेको चेतावीन सरोकारवालाले दिएका छन् ।
राजनीतिक रुपमा ट्रम्पको फैसलाप्रति उनकै पार्टिका केही सदस्यहरुबाट सहयोग मिलिरहेको छैन ।
शुल्कका कारण अमेरिकामाथि प्रभाव पर्ने तथा रोजगारी जाने चेतावनी उनीहरुले दिएका छन् । यसले अमेरिकाको अर्को व्यापारिक सम्बन्धमा पनि असर पर्ने भनाई उनीहरुको छ ।
अमेरिकाका ठूला व्यापार कम्पनीहरु वालमार्ट तथा टार्गेटले पनि ट्रम्पलाई यो फैसलामाथि पुन बिचार गर्नका लागि आग्रह गरेका छन् । यसले अमेरिकी परिवारमाथि पर्ने असरका बारेमा बुझ्नका लागि उनीहरुले आग्रह गरेका छन् ।
आइतबार रिपब्लिक पार्टिका सांसद बेन सेसेले ट्रम्पको पैmसलालाई मुर्खपना भएको बताएका छन् ।
चीनको गलत कुराको बिरोध गर्नुपर्ने तर यस किसिमको पैmसलाले चीनलाई भन्दा पनि अमेरिकालाईनै सजाय मिल्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्