अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए «

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् । 
सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू घाइते भएका छन् । 
उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको अधिकारीले बताएका छन् । 
शनिबार राति अबेर खास उरुज्गान जिल्लामा उनीहरुले सुरक्षा कारबाही सुरु गरेको सरकारी अधिकारीहरुद्वारा जारी वक्तव्यमा जनाइएको छ । 
यस घटनामा परी कुनै आम नागरिकको मृत्यु वा घाइते भने नभएको वक्तव्यमा स्पष्ट पारिएको छ । 

प्रतिक्रिया दिनुहोस्