भारतीय चियाको चुस्कोले बनिन् अमेरिकी महिला करोडपति «

भारतीय चियाको चुस्कोले बनिन् अमेरिकी महिला करोडपति

भारत र नेपालमा चियाँका पारखीहरु धेरै छन् जो चियाँ नखाई एक कदम पनि हिड्न सक्दैनन् । तपाईलाई लाग्छ कि कोई दस–पन्ध्र रुपैयाँको चियाँको व्यवसायबाट पेट पाल्न सक्छ तर लखपति–करोडपति बन्न सक्दैन । तर अमेरिकाकी एक महिला चियाँ बिक्री गरेरनै करोडपति भएकि छन् । ब्रुक एडी चियाँ बिक्री गरेरनै २०० करोड भारु कि मालिकनी भएकि छन् । २००६ मा उनी भारतको भ्रमणमा आएकि थिइन् । अमेरिका फर्केपछि उनी कतिपय क्याफेमा चियाका लागि गइन् तर उनले कही पनि भारतको जस्तो चिया पाइनन् । त्यसैले उनले आफैले चियाको व्यवसाय सुरु गरिन् ।
उनले २००७ मा चियाको व्यवसाय सुरु गरेकि थिइन् । उनको चियाँ पसलको नाम थियो भक्ति चिया । उनले आफ्नै कारमा आफ्नो पसल स्थापन गरिन् र अमेरिकामा फरक स्वादको चिया बिक्री गर्न थालिन् ।
अमेरिकी साप्ताहिक म्यागेजिनका अनुसार २००२ मा भारतको भ्रमणको समयमा एडीको चियासँग लत बस्यो । २००६ मा उनी अमेरिका फर्केपछि उनी यस्तै स्वादको चियाका लागि भौतापिरन थालिन् । उनले २००६ मा आफ्नै कम्पनी बनाउने फैसला गरिन. । उनले आफ्नै गाडिको पछिल्लो भागबाट चिया बिक्री गर्न सुरु गरिन् । यसको लगत्तै मानिस उनको चियाको पारखी बने ।
उने यसको १ वर्षपछिनै भक्ति चियाको आफ्नै वेबसाइट लन्च गरिन् । घरघरमा पुगेर चिया बिक्री गर्ने उनको यो व्यवसायको वृद्धिले अब व्यवसायको रुपनै लिइसकेको छ ।
एडी एक बच्चाको आमा हुन् । चियाको व्यवसाय सुरु गरेपछि उनले जागिर पनि छोडेकि छन् । २०१४ मा उनी इन्टरप्रिनियर पत्रिकाको इन्टरप्रिनियर अवार्डको शीर्ष पाँच फाइनलिस्टमा पनि परेकि छन् ।

 

प्रतिक्रिया दिनुहोस्