चीनसंग अमेरिकी व्यापारघाटा अझै बढ्ने

बेइजिङसँगको वासिङ्टनको व्यापार असन्तुलन आगामी वर्षहरूमा अझै बढ्ने याले युनिभर्सिटीका स्टेफन रोचले बताए ।
चीन र अन्य मुलुकसँगको अमेरिकी व्यापार घाटाले आधारभूत रूपमा अमेरिकाले पर्याप्त मात्रामा बचत गर्न नसकेको रोचले बताए ।
“आगामी वर्षहरूमा हाम्रो व्यापारघाटा झनै बढ्नेछ । यो सम्भवतः चीनसँग पनि हुनेछ,” उनले बताए ।
अमेरिकाको व्यापारघाटा कम गर्ने ट्रम्पको नीतिमध्येको एक हो । यसले अमेरिकी रोजगारी सिर्जनामा हानि पु¥याएको र समग्र वृद्धिमा पनि प्रभाव पारेको तर्क उनले राखेका छन् । रोचलगायतका कतिपय अर्थशास्त्रीले व्यापार असन्तुलन आर्थिक स्वास्थ्यका लागि राम्रो मापन नभएको बताएका छन् । किनकि यो विभिन्न बृहत् आर्थिक तŒवद्वारा प्रभावित भएको हुने उनीहरूले भनाइ छ ।
“अमेरिकामा द्विपक्षीय व्यापारघाटा बिलकुल अर्थहीन रहेको छ,” रोचले बताए ।
डिसेम्बरमा कानुनका रूपमा आएको ट्रम्पको १५ खर्ब डलरको कर कटौतीले पनि यथावस्थालाई परिवर्तन गर्न सक्ने देखिएको छैन ।
“बचत दर पहिलेदेखि नै कम भएको अमेरिकाको जस्तो अर्थतन्त्रका लागि यसले हाम्रो बचतको दरलाई थप न्यून बनाउनेछ,” उनले बताए ।