ग्लोबल आइएमईमा फेरि भित्रिए रत्नराज बज्राचार्य

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकले चार वर्षका लागि बज्राचार्यलाई नियुक्त गरेको हो ।
भदौं १ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्यलाई नियुक्त गरेको बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । बज्राचार्य दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा पूरा कार्यकाल विताएका थिए ।
यसअघि सनराइज बैंक, एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन् । बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।