अमेरिकी युद्धक जहाजको उपस्थितिबीच चीनले उडायो फाइटर «

अमेरिकी युद्धक जहाजको उपस्थितिबीच चीनले उडायो फाइटर

विवादित साउथ चाइना सी मा अमेरिकी युद्धक जहाजको उपस्थितिका बावजुद चीनले सैन्य अभ्यास गरेको छ । चीनले जापानको दक्षिणी टापुको पार गर्दै साउथ चाइना सी तथा पश्चिमी प्रशान्तमाथिबाट फाइटर विमान उडाएको हो । अमेरिकी लडाकु जहाज फ्रिडम अफ नेभिगेसन शुक्रबार साउथ चाइन सीमा चीनले बनाएको कृतिम टापुको नजिकैबाट गएको थियो । यो घटनालाई चीनको रक्षा मन्त्रालयले अमेरिकामाथि आफ्नो संप्रभुता तथा सुरक्षामा नोक्सान पु¥याएको आरोप लगाएको थियो ।
चिनियाँ वायुसेनाका प्रवक्ता शेन जिनकेले चिनियाँ वायुसेनाको दुई टोलीले पश्चिमी प्रशान्त तथा साउथ चाइना सीमा फरक फरक युद्ध अभ्यास गरेको बताएका छन् । यसमा एच–६ बम्बर, एसयू–३० तथा एसयू–३५ फाइटरका विमानलाई समावेश गरिएको थियो ।
उनले अभ्यास अन्तर्राष्ट्रिय कानुन अनुसारनै गरिएको बताएका छन् । देशको सुरक्षा तथा संप्रभुताको कायम राख्नका लागि यस किसिमको अभ्यास जारी राख्ने पनि उनले बताए । यद्यपि उनले अभ्यासको समयमा तथा स्थानको बारेमा भने केही पनि बताएनन् ।
अमेरिकी नेभीका कमाण्डर टिम हकिन्सले गएको महिना भनेका थिए,“साउथ चाइना सीमा चीनको बढ्दो गतिविधिका बावजुत गस्तीलाई जारी राखिनेछ । अन्तर्राष्ट्रिय नियमका अनुसार अमेरिका साउथ चाइना सीमा तैनाथ रहिनै रहन्छ ।”
उनले भनेका थिए,“अमेरिकाले कहिलेपनि यो क्षेत्रमा आफ्नो दावी गर्दैन तर उक्त क्षेत्रको स्वतन्त्रताको समर्थन गरिरहने छ ।”
चीनले साउथ चाइना सीमा आफ्नो दावी प्रस्तुत गर्दै आएको छ । उक्त क्षेत्रमा चीनले सातवटा टापु, क्षेप्यास्त्र स्टेसन, ह्याङगर तथा राडार स्टेसन बनाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्