Logo

सेन्ट्रल फाइनान्सको सल्लाघारी एक्सटेन्सन काउण्टर तथा एटीएम उद्घाटन

सेन्ट्रल फाइनान्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा एक्सटेन्सन काउण्टर तथा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यस वित्तीय संस्थाको चुक्ता पुँजी ८२ करोड ३४ लाख तथा निक्षेप ४ अर्ब ६४ करोड ३८ लाख र कर्जा लगानी ३ अर्ब ५८ करोड ६४ लाख रहेको छ । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको आफ्नै कर्पोरेट भवन निर्माणको अन्तिम चरणमा रहेको र छिटै आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गरिने छ ।
संस्थाको काठमाडौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान गरी १० वटा शाखा सञ्चालनमा रहेको फाइनान्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्