टीसीएलको आकर्षण बढ्दो «

टीसीएलको आकर्षण बढ्दो

नेपाली बजारमा पछिल्लो समय स्मार्ट टिभीको आकर्षण बढेसँगै टीसीएल आक्रामक बजारीकरणमा अघि बढेको छ । टिभीलाई इन्टरनेटसँग कनेक्ट गरेर फेसबुक, ट्विटर, युट्युबलगायत सामाजिक सञ्जालको मज्जा ठूलो स्क्रिनबाट लिने प्रचलन बढेको छ । जसको प्रतिफल स्मार्ट टिभीको बजारमा देखिएको छ । त्यसमा पनि नेपालमा टीसीएल ब्रान्डका स्मार्ट टिभीको बजार हरेक वर्ष १० प्रतिशतले बढ्दै गएको कम्पनीले जनाएको छ ।
नेपालमा टीसीएलको आधिकारिक बिक्रेताको रूपमा चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स प्रालिले यसलाई बजारमा भित्राउँदै आएको छ । विश्वको तेस्रो ठूलो टिभी निर्माता कम्पनी टीसीएलको ‘क्वान्टम डट टिभी’ ले वर्षभरिकै ग्लोबल डिस्प्ले टेक एनिमेसन अवार्डसमेत हात पारिसकेको छ भने विश्वव्यापी बृहत् ठूलो स्क्रिन भएको उत्पादनको पुरस्कारसमेत प्राप्त गरेको छ ।
स्मार्ट टिभीमा विभिन्न एप्सका साथ उपलब्ध रहेको टिभीमा प्रयोगकर्ताले आफूलाई आवश्यक पर्ने एप्स डाउनलोड गर्न सक्नेछन् । टिभीमा ब्राउजिङका लागि टीब्राउजरका साथै ग्वोबल अनलाइन म्युजिक स्ट्रिमिङसुविधा पनि छ । टिभीमा यूएसवी जडानका लागि मिडिया सेन्टर, मिडिया÷म्युजिक प्ले सुविधा छ । सजिलैसँग इन्टरनेट जडान गरी ठूलो स्क्रिनमा वेब दुनियासँग जोड्न मद्दत गर्ने यो टिभीको आकर्षण भनेको क्लाउड बेस प्लेट फर्म (टीभीको इन्टरनल मेमोरी प्रयोग नगरी सबै एपलाई क्लाउड सर्भरमा स्टोर गर्न सकिने) हो । यसले प्रयोगकर्ताले आफूले चाहेजति एप्स डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्