Logo

विश्व बजारबाट समाप्त हुन लाग्यो डलरको दबदबा

न्यूयोर्क-अमेरिकाको मुद्रास्फीतिमा भएको अचानक वृद्धिप्रति चिन्ता व्यक्त गर्दैै गोल्डम्यान स्याख्स ग्रुपले विश्वको संचित मुद्राको रुपमा अमेरिकी डलरको अवस्थाप्रति खतरा आएको चिन्ता व्यक्त गरेको छ ।
कोरोनाभाइरसको महामारीका कारण बर्बाद भएको अर्थव्यवस्थालाई बन्द गर्नुपरेको छ । फेडरल रिजर्भले यो वर्ष आफ्नो वासलात लगभग २८ खर्ब डलरले घाटामा गएको बताएको छ । गोल्डम्यान स्याख्सका रणनीतिकारले अमेरिकी नीति ‘डिभेसमेन्ट फेयर’ लाई खोल्न गइरहेको चेतावनी दिएका छन् । जसले विश्वव्यापी विदेशी विनिमयको बजारमा डलरको दबदबालाई समाप्त पार्न सक्छ ।
यद्यपि यो स्थिति स्पष्ट रुपमा अझैँ पनि सबैभन्दा धेरै वित्तीय वृत्रमा अल्पसंख्यक रहेको छ । गोल्डम्यान स्याख्सका विश्लेषकका अनुसार आपूmलाई यो आवश्यक रुपमा हुनेमा विश्वास नभएको बताएका छन् । लगानीकर्ताहरुले यो भन्दा पहिलेनै पैसा छाप्नाले आगामी वर्षहरुमा महँगाई बढ्ने र डलरको तुलनामा सुनको मूल्य बढ्ने चिन्ता व्यक्त गरेका थिए ।
जेफरी केरी सहित गोल्डम्यान स्याख्सका अन्य रणनीतिकारले लेखेका छन्,“सुन अन्तिम उपायको अन्तिम मुद्रा हो । विशेष रुपमा वर्तमान सरकार आफ्नो मुद्रालाई नष्ट गरिरहेको छ र वास्तविक ब्याज दरलाई अगाडि बढाइरहेको छ । संचित मुद्राको रुपमा अमेरिकी डलरको लामो आयुको विषयलाई लिएर चिन्ता भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्