Logo

हुवावेले भारतको आम्दानी लक्ष्य ५० प्रतिशतले घटायो, कर्मचारीलाई पनि बिदाई गरिदै

नयाँ दिल्ली-हुवावेले २०२० का लागि भारतको आम्दानी लक्ष्य ५० प्रतिशतले घटाएको छ । भारतमा भएका कर्मचारीको संख्या पनि आधाले घटाउने इकोनोमिक टाइम्सले जनाएको छ । चिनियाँ सामग्री बहिष्कार गर्ने अभियान भारतमा चलेका कारण हुवावेको यस्तो कदम आएको हो ।
हुवावेको भारत एकाइले भने भारतमा रहेका हुवावेका कर्मचारी कटौती गर्न लागिएको रिपोर्टं सत्य नभएको बताउदै विस्तृत विवरण भने दिएको छैन ।
एसियाकै तेस्रो ठूलो अर्थतन्त्रमा २०२० मा कम्पनीले सुरुमा सालाखाल ७० करोडदेखि ८० करोड डलर आम्दानीको लक्ष्य लिएको थियो । तर हाल आएर ३५ करोडदेखि ५० करोड डलरको आम्दानी लक्ष्य लिएको छ ।
कम्पनीले आफ्ना भारतीय कर्मचारीको संख्यामा ६० देखि ७० प्रतिशतको कटौती गर्न लागेको इकोनोमिक टाइम्सले जनाएको छ । यो अनुसन्धान र विकास र विश्वव्यापी सेवा केन्द्र बाहेकको हुने छ ।
हुवावेको भारत एकाइले देशका सबै उपभोक्तासँग नजिकमा रहेर काम गर्दै जाने जनाएको छ ।
“उपभोक्ताको कुनै पनि आवश्यकता पूर्तिका लागि स्थानीय दक्ष कर्मचारीको सहयोगमा हाम्रो भारत संचालन र स्रोत रहिरहने छ,” हुवावे इन्डियाले जनाएको छ ।
गत महिना पहाडी सीमामा भएको झडपमा चिनियाँ बलद्वारा २० भारतीय सेनाको मृत्यु भएपछि भारतमा चीन बिरोधी भावनाको विकास भएको र यो पछिल्लो घटनाक्रम देखिएको हो ।
भारतले राज्य संचालित फर्महरुलाई उनीहरुको फोरजीको मोबाइल नेटवर्कमा चिनियाँ दुर संचार उपकरण प्रयोग गर्नुको सट्टा स्थानीय स्तरमा निर्मित उपकरण प्रयोग गर्नका लागि भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्