Logo

कश्मीरमा पहिरो जाँदा ११ जनाको मृत्यु

डिल्ली- भारत नियन्त्रित कश्मीरमा वर्षाका कारण बादल फुटेर पहिरो जाँदा शनिबार ११ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । श्रीनगरको दक्षिणमा अवस्थित रियासी र रामबन जिल्लाहरूमा बादल फुटेर पहिरो गएको हो ।

रियासी जिल्लाको करारा गाउँमा, भारी वर्षाको बीचमा बादल फुटेर पहिरो गएको हो । जसमा एकै परिवारका सात सदस्यहरू जिउँदै पुरिएका छन् । अर्को घटनामा रामबन जिल्लाको राजगड गाउँमा बादल फुटेर चार जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्