ज्वेलरले पसल बन्द गरेर जमिनमा गाडे गहना, जस्ले फेला पार्छ उही धनी «

ज्वेलरले पसल बन्द गरेर जमिनमा गाडे गहना, जस्ले फेला पार्छ उही धनी

वासिङटन-यदी तपाई चाडै धनी बन्न चाहनु हुन्छ भने यो समाचार तपाईका लागि हो । तर यसका लागि धेरैनै मेहनत गर्नुपर्नेछ । हाल विश्वका सबै क्षेत्र कोरोनाभाइरसबाट नराम्ररी प्रभावित भएका छन् । यसकै कारण मिचिगनका एक गहना पसलेले पसल बन्द गरेर सुन चाँदी लुकाएका छन् । उनका अनुसार जसले यो गहना खोज्छ, उसैको हुन्छ । १० लाख डलरको बहुमूल्य गहना खोज्नका लागि आपूmकहाँ आउनेलाई उनले यसको सुराक दिने बताएका छन् ।
जोनी पेरीले आफ्ना पिताबाट व्यवसाय सिकेपछि पुरै जिन्दगी गहनाको व्यापारी भएर बिताएका छन् । तर कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकट उनको मिचिगनमा रहेको पसलका लागि अत्यन्त कठिन सावित भएको छ । उनका लागि दुई विकल्प रहेको छ ।
पहिलो सबै बिक्री गरेर रिटायर हुनु र दोस्रो गहनाको प्रयोग गरेर पैसा कमाउने एक तरिका खोज्नु । पेरी र उनकी पत्नीले दोस्रो विकल्प रोजे ।
उनीहरुले माथिल्लो प्रायद्विपको डेट्रोइट महानगरीय क्षेत्रदेखि दर्जनौ स्थानमा कथित रुपमा करीब १० लाख डलरको खजाना गाड्ने विकल्प रोजे । अब उनीहरुले गहना व्यापारीहरुलाई आफ्नो खजाना खोज्ने चुनौती दिएका छन् । यदि मानिसले खजाना खोज्न सके भने यी सबै गहना उसकै हुने उनीहरुले बताएका छन् ।
पेरीले वेबसाइटमा लेखेका छन्,“मैले मिचिगनको विभिन्न स्थानमा आफ्नो स्टोरको गहना मात्रै नभई हजारौ डलरको सुन, चाँदी, हीरा र प्राचीन बस्तु गाडेको छु । मैले जुन बस्तु लुकाएको छु, यसको एक इतिहास छ र यो सँग सम्बन्धित कयौ सम्झना छ ।” जोनी पेरीको नयाँ व्यवसायलाई जोनी ट्रेजर क्वेस्ट भनिदै आएको छ ।
प्रत्येक खजानको खोज एक निश्चित तारीखमा सुरु हुनेछ र यसमा सीमित संख्यामा टिकट हुनेछ । प्रत्येक खजानाको खोजका लागि सुराक प्राप्त गर्न प्रतिस्पर्धीले यो विशिष्ट खोजका लागि एक टिकट किन्नु आवश्यक छ । एक पटक खोजी सुरु भएपछि प्रत्येक पंजीकृत खजानको सही दिशामा संकेत गर्नका लागि सुराकको एक सेट उपलव्ध गराइने छ । जसले खजाना पहिले प्राप्त गर्छ, त्यो खजाना उसैको हुन्छ ।
पेरीले यदि राम्रो समझदारीको प्रयोग गर्ने हो भने यो छिट्टै पाउन सकिने बताएका छन् । यसले खोज्ने मानिसलाई केही मनोरन्जन पनि हुने छ । पहिलो खजानको खोज १५ अगस्टका लाति निर्धारण गरिएको छ र उपलव्ध टिकट पहिलेनै बिक्री भइसकेको छ । टिकटको मूल्य ४९ डलर निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्