Logo

खेल–खेलमै चार युवाले ओबामा, बिल गेट्स समेत १३० हस्तिको ट्वीटर एकाउन्ट ह्याक गरेका थिए

वासिङटन-हालैमात्र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, टेस्लाका सीईओ एलन मस्क, अमेजनका सीईओ जेफ बेजोस र माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स समेत १३० ठूला व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याक गर्ने व्यक्तिको खुलासा भएको छ । चार युवा ह्याकरले यो कामलाई खेल–खेलमै गरेका थिए । रिपोर्टका अनुसार यो ह्याकिङमा कुनै ठूलो साइबर अपराधिको हात रहेको छैन । चारै ह्याकर अनलाईन ह्यान्डल खरिद गर्ने अनलाइन कम्युनिटी प्लेटफर्म ओजीयूजर्सडटकममा फेला परेका थिए ।
रिपोर्टका अनुसार ओजीयूजर्सडटकममै ह्याकरलाई ट्वीटरको अत्यन्त महत्वपूर्ण टुल हात लागेको थियो । यसैको सहयोगबाट ह्याकिङ गरिएको थियो । तीन ह्याकरलाई अनलाईन मोनिकर अर्थात अनलाईन राखिने नक्कली नामको बारेमा पनि जानकारी थियो । यी तीनको अनलाइन नामहरु एलओएल, एभार सो एनक्सस र किर्क थियो ।
यी मध्ये किर्कनै यस्ता व्यक्ति थिए, जसको साथमा ट्वीटरको एक अत्यन्त संवेदनशील टूल थियो । यही टूलको सहयोगमा कुनै पनि व्यक्तिको ट्वीटर एकाउन्टमाथि नियन्त्रण गर्न सकिन्थ्यो । उनले यो टूललाई दुई व्यक्तिसँग सेयर पनि गरे । यसपछि उनीहरुले एक अर्को साथीसँग मिलेर मशहूर व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याक गरेका थिए ।
ट्वीटरले ठूला व्यक्तिहरुको एकाउन्ट ह्याकिङको घटनाको सफाईमा शनिबार भनेको छ,“ह्याकर्सले सोशल इन्जिनियरिङ स्कीमको माध्यमबाट केही कर्मचारीलाई निशाना बनाएका थिए । उनीहरुले ट्वीटरको आन्तरिक प्रणालीसम्म पुग्नका लागि केही कर्मचारिलाई जालमा फसाए र टू फ्याक्टर प्रोटेक्शनको माध्यमबाट इन्टरनल सिस्टमसम्म आफ्नो पहुँच बनाएका थिए ।”

प्रतिक्रिया दिनुहोस्