Logo

अमेरिकी उपस्थिती पातलिएपछि युरोपेली प्रतिरक्षा एजेन्डाको पक्षमा जर्मनी

कोलेग्ने, जर्मनी-युरोपमा अमेरिकी उपस्थिति पातलिन थालेपछि युरोपेली संघले यसका लागि तयारी गर्नु आवश्यक भएको जर्मनीका विदेश मन्त्रीले बताएकी छन् । नोभेम्बरको चुनावमा डेमोक्र्या टिक उमेद्वार जोई बिडेनले जिते पनि यसको तयारी आवश्यक भएको. अनेग्रेट क्राम्प– कारेनबाउरले बताइन् ।
बिडेनको विजयपछि मात्रै आन्ध्र वारपार सम्बन्धको टोनमा परिवर्तन आउने विश्वास आफुले लिएको उनले बताइन् । चीनलाई विश्वव्यापी प्रतिद्वन्द्वीको रुपमा हेर्नेगरी फेरिएको अमेरिकाको विदेश नीति यसैले चलाउने र अमेरिकाले युरोपलाई वास्ता नगर्ने उनले बताइन् ।
“यदी अवस्था यही हो भने यसको अर्थ युरोपले आजको भन्दा बढी क्रियाशिलता देखाउनु पर्छ,” उनले बताइन् ।
युरोप अमेरिका र नेटोको समर्थनमा निर्भर रहदै आएको र यो समीकरणमा तत्काल कुनै परिवर्तन नआउने उनले आश्वस्त पारिन् । ट्रम्पले अपर्याप्त प्रतिरक्षा खर्च गरेको आरोप बर्लिनमाथि लगाउदै आएपनि जर्मन नेताहरुले आन्ध्र वारपार गठबन्धनलाई कुनेढुंगाको रुपमा हेर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्