ट्रम्पको प्रभावमा हुवावेमाथि प्रतिबन्ध लगाएको होइनः बेलायत

लन्डन-फाइभ–जी नेटवर्कमा हुवावेको उपकरणमाथि प्रतिबन्ध लगाउने बेलायती सरकारको निर्णयमा डोनाल्ड ट्रम्पको प्रत्यक्ष प्रभाव नरहेको एक बेलायती मन्त्रीले बताएका छन् ।
“हामी सबैलाई डोनाल्ड ट्रम्प बारे थाहा छ, के थाहा छैन र ? स्वास्थय मन्त्री म्याट ह्यानकुकले स्काई न्यूजलाई बताए । “यो निर्णयका लागि सबै खाले मानिसले श्रेयका लागि दावी गर्न सक्छन् । तर, यो राष्ट्रिय साइबर सुरक्षा केन्द्रको प्राविधिक मूल्यांकनका आधारमा गरिएको हो ।”
नीति परिवर्तनको विषयमा ट्रम्पको टिप्पणीको ह्यानकुले जवाफ दिएका हुन् । ट्रम्पले मंगलबार हुवावेमाथि प्रतिबन्ध लगाउन मनाउन सकेको बताएका थिए ।
“हामीले धेरै देशलाई मनायौ । मैले मेरातर्फबाट हुवावे प्रयोग नगर्न अरुलाई मनाउनका लागि उत्कृष्ट काम गरे । किनभने हुवावे सुरक्षा जोखिमको दृष्टिकोणबाट असुरक्षित छ । यो ठूलो सुरक्षा जोखिम हो,” ट्रम्पले बताएको रोयटर्सले जनाएको छ ।
तीव्र गतीको फाइभ–जीको मोबाइल नेटवर्कको रोलआउटमा हुवावेलाई हटाउने पूर्ण जस ट्रम्पलाई जादैन । तर उनको प्रशासनले चिनियाँ दुर संचार फर्ममाथि नयाँ प्रतिबन्ध ल्याएका छन् ।
हुवावेलाई बेलायतको फाइभ–जी रोलआउटका लागि जनवरीमा प्रतिबन्धित भूमिका दिइएको थियो । उक्त समयमा हुवावेलाई पूर्वाधारको महत्वपूर्ण भूमिकाबाट बञ्चित गरेर यो कम्पनीसँग आबद्ध जोखिम कम गर्न सक्ने विश्वास बेलायती सरकारको रहेको थियो ।