कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार

नेपाली कांग्रेसको पदाधिकारी बैठकले यही असार १६ गते मंगलबार केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय गरेको छ । समसामयिक विषयमा छलफल गर्न आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।