इ—ढेवा सुपर एप बजारमा «

इ—ढेवा सुपर एप बजारमा

रेमिटयान्सको अनलाइन भुक्तानी सेवालाई लामो समयदेखि सहजीकरण गरिरहेको आइ—पे र माइक्रोसफ्टको नेपालको लागि आधिकारिक बिक्रेता जनलिमिटेडको संयुक्त सहकार्यबाट इ—ढेवा सुपर एप बजारमा आएको छ ।
यो एपलाई दुई वर्षदेखि व्यवसायीक रुपमा सफल प्रयोगका लागि परीक्षण पछि बजारमा ल्याइएको कम्पनीले जनाएको छ । छोटो अवधिमा यो सुपर एपको प्रयोगकर्ता सख्ंया हाल ५० हजारको हाराहारीमा पुगिसकेको कम्पनीले जनाएको छ ।
डिजिटल युगमा यस प्रकारका एपको प्रयोगकर्ता सख्ंयामा वृद्धि हुँदै गएको पाइएको छ । इ—ढेवा सेवा उपलब्ध गराउने मार्चेन्ट र उपभोक्ताबीच साझा प्लेटर्फम बन्न सफल भएको कम्पनीको दावी छ । एपको परिधि र प्रयोगलाई फराकिलो बनाउने उद्देश्यले नेपालमा पहिलो पटक भर्चुअल मलको सञ्चालन गर्ने मुञ्चा डटकमले सहकार्य गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्