भारतमा आर्थिक प्रगतिको बाधक बेरोजगारी «

भारतमा आर्थिक प्रगतिको बाधक बेरोजगारी

भारतले आफ्नो उत्पादनमूलक क्षेत्रको विकासमा वृद्धि नगरे उसले गरेको आर्थिक प्रगति समाप्त हुन सक्ने चेतावनी नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री पाउल क्रुगम्यानले दिएका छन् । क्रुगम्यानले भारतले प्राप्त गरेको आर्थिक प्रगतिको कथा आमबेरोजगारीले समाप्त पार्ने उनको चेतावनी हो ।
सन् २००८ मा नोबेल पुरस्कारबाट सम्मानित अर्थशास्त्री क्रुगम्यानले यो चुनौती सामना गर्न भारतले तीव्र गतिमा उत्पादनमूलक क्षेत्रको विकास गर्नुपर्ने हुन्छ । यसो नभए भारतको आमक्षेत्रमा बेरोजगारी बढ्नेछ ।
न्युज १८ ले आयोजनाले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै क्रुगम्यानले भने, “कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को एक अवधारणाबारे तपाईंहरू सतर्क हुनुपर्छ । भविष्यमा भारतका डाक्टरसमक्ष रोगको निदान बाहिरबाट हुन सक्छ । यो एआई आधारित प्रतिष्ठानबाट प्राप्त हुनेछ । भारतको सेवाक्षेत्रका लागि यस्ता विषय चिन्ताको कारण हुन सक्छन् ।”
चीन अब महाशक्ति रहेन, किनभने त्यहाँ क्रियाशील उमेरको जनसंख्यामा ह्रास आयो र चीनको पनि त्यही अवस्था रहेको बताउँदै एसियामा भारतले अगुवाई गर्न सक्ने बताउँदै उनले भने, “भारतले अगुवाई गर्न उसलाई सेवा क्षेत्र मात्र होइन, हरेक क्षेत्रको उत्पादनमूलक क्षेत्रको विकास गर्नुपर्छ ।”
जनसंख्याका आधारमा प्रक्षेपित आर्थिक वृद्धिको दिगोपनका लागि आवश्यक रोजगारी व्यवस्थाका लागि उत्पादनमूलक क्षेत्रको अभावले प्रतिकूल प्रभाव पार्ने भएकाले उनीहरूका लागि भारतले रोजगार उपलब्ध गराउनुपर्ने उनले जनाए ।
अर्कातर्फ भारतले जनसंख्यामा आधारित लाभांशको भूमण्डलीकरणको अर्को तरंगको सवार गर्न सक्छ । भारतमा देखिएको आर्थिक वृद्धिको कथा बिलकुलै अलग किसिमको छ । सेवाहरूले वृद्धिलाई केही क्षेत्रमा हाँकिरहेको छ, जुन विश्वका अन्य अर्थतन्त्रमा यस्तो नदेखिएको बताउँदै उनले भने, “सेवाक्षेत्रको भूमण्डलीकरण भर्खर सुरु भएको छ । सेवाक्षेत्रको व्यापारको भूमण्डलीकरणसँग ठूलो सम्भावना छ । यो भारतको प्रगतिका लागि आशाको एक विशेष करण हुनेछ । यो क्षेत्रमा कदम बढाउने पहिलो देश भारत बन्न सक्ने लाभ प्राप्त गर्न सक्छ ।”
भारतको आर्थिक वृद्धिको कथा अमूल्य छ, तर चीनले विश्वको ध्यान आफूतिर तानेर सिर्जना गरेको अवस्थाका कारण भारतको वृद्धिले पाउनुपर्ने ध्यान पाउन नसकेको उनको भनाइ थियो । उनले भने, “भारतले पाउनुपर्ने विश्वको ध्यान बाँकी विश्वबाट पाइरहेको छैन । व्यवसायका लागि राम्रो स्थानका रूपमा भारतले छोटो समयमा वृद्धि हैसियत बनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्