Logo

सामसङलाई पछि पार्दै हुवावे बन्यो विश्वकै ठूलो स्मार्टफोन कम्पनी

अमेरिकाको विविध नियन्त्रण प्रयासका बावजुद चिनियाँ प्रविधि कम्पनी हुवावे विश्वकै ठूलो स्मार्टफोन कम्पनी भएको छ । लामो समयदेखिको लीडर सामसङलाई पछि पार्दै अप्रिल महिनामा हुवावे विश्वकै ठूलो स्मार्टफोन कम्पनी भएको हो ।
अहिलेसम्मकै पहिलो पटक दक्षिण कोरियाली प्रतिद्वन्द्वीको भन्दा हुवावेको बढी बजार हिस्सा पुगेको छ । काउन्टरपोइन्ट रिसर्चका उपाध्यक्ष नील शाहले अप्रिलमा हुवावेले १९ प्रतिशतको बजार हिस्सा ओगटेको सार्वजनिक गरेका छन् । सोही अवधिमा सामसङको सिपमेन्ट यो भन्दा २ प्रतिशत कम अर्थात १७ प्रतिशत रहेको छ ।
यद्यपि दोस्रो त्रैमासको अन्त्य वा सो भन्दा पछि सम्मै पनि यो प्रवृत्ती रहला वा नरहला भन्ने विषय स्पष्ट भन्न सकिन्न । कोरोनाभाइरसको महामारीका कारण दुवै कम्पनीको बिक्री ओरालो लागेको छ । यो वर्षको सुरु ३ महिनाको अवधिमा यी दुई कम्पनीबीचको अन्तर ३ प्रतिशतमा उक्लिएको थियो । सामसङको २० प्रतिशत र हुवावेको १७ प्रतिशत रहेको काउन्टरपोइन्ट रिसर्चको तथ्यांकले देखाएको छ ।
यद्यपि यो वर्षको सुरु ३ महिनाको अवधिमा हुवावेले विशाल चिनियाँ स्मार्टफोन बजारमा आफ्नो पकड बनाएको थियो । कोभिड–१९को प्रतिबन्धपछि पहिले खुल्ने बजारमा चिनियाँ रहेको थियो ।
वासिङटन र बेइजिङबीचको व्यापारिक र राजनीतिक तनावकाबीच कम्पनीले आपूmलाई कठिन अवस्थामा पाए बावजुद हुवावेको बिक्री बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्