Logo

मेरा पीताले १ वर्षको तलब अमेरिकाको प्लेनको टिकटका लागि खर्च गरेका थिएः सुन्दर पिचाई

वासिङटन-गुगलका सीईओ सुन्दर पिचाइले यो वर्ष स्नातक हुन गइरहेका विश्वभरीका विद्यार्थीहरुलाई एक महत्वपूर्ण सन्देश दिएका छन् । आफ्नो संघर्षको दिन सम्झदै उनले अमेरिका जाने प्लेनको टिकटका लागि उनको पिताले पुरै १ वर्षको तलब खर्च गरेको बताए । त्यसपछि उनले अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा पढाइ गर्न सफल भएको बताए ।
विगतका दिनका संघर्ष बताउदै उनले विद्यार्थीहरुलाई आशावादी बन्न, खुला बिचार राख्न र उत्सुक हुनका लागि सल्लाह दिएका छन् ।
हाल विश्वले कोरानाभाइरसको सामना गरिरहेको छ । यस्तो अवस्थामा उनले विश्भरीका स्नातक विद्यार्थीलाई भर्चुअल सम्बोधन गरेका थिए । यो कार्यक्रममा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, उनकी पत्नी मिचेल ओबामा, गायक र अभिनेता लेडी गागा, गायक बेयोंसे, अमेरिकी पूर्व विदेश मन्त्री कन्डोलिजा राइस लगायतको सहभागीता थियो ।
स्ट्यान्डफोर्डको पढाइको विमान यात्रानै उनको पहिलो विमान यात्रा थियो । अमेरिका महँगो थियो । घरमा फोन गर्नका लागि प्रति मिनेट २ डलर खर्च गर्नुपर्ने गरेको कठिन अवस्थाका बारेमा उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्