Logo

हुवावेले ल्यायो फाइभजी वाइफाइ डिभाइस

चिनियाँ सूचना प्रविधिक कम्पनी हुवावेले फाइभजीमा आधारित वाइफाई डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले एसिया प्रशान्त क्षेत्रमा आफ्नो फाइभजीमा आधारित एयरइन्जिन वाइफाइ–६ सिरिज सार्वजनिक गरेको हो ।
इन्टरप्राइज सेक्टकार लागि भनेर ल्याइएको यो सिरिजका डिभाइसबाट गुणस्तरीय सेवाको ग्यारेन्टी हुने कम्पनीले जानकारी गराएको छ ।
“एयरइन्जिन वाइफाइन ६ सेरिजका उत्पादनहरु सबै प्रविधिको आविष्कारका उपज हुन् । युनिक डबल ब्यान्ड स्मार्ट एन्टेनाको साहयताले गुणस्तरीय सेवा दिनेछन्” हुवावेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फाइभजी नेटवर्कमैत्री यी वाइफाइन डिभाइसबाट वर्तमान समयको डिजिटल सेवालाई अघि बढाउन मद्दत पुग्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्