Logo

रौतहटमा कोरोना समुदायमा पुगेको आशंका

रौतहटका २ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । यो पुष्टीसँगै अव रौतहटमा कोरोना संक्रमण समुदायसम्म पुगेको छ ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनिया बस्ने ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन् ।
कलकत्ताबाट आएका ति युवा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर १४ दिन बसेर यही वैशाख ६ गते घर फर्किएका थिए । प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि ती युवालाई घर फर्काइएको थियो ।
उनको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख साहले जानकारी दिए । उनी घर गएपछि परिवारको सम्पर्कमा रहेको तथा अन्य व्यक्तिहरुसँग समेत सम्पर्क भएको हुन सक्ने भएकोले अव उनलाई जतिसक्दो चाडो खोजी गरी वीरगन्ज पठाउने तयारी भएको प्रमुख साहले बताए ।
अब उनको कन्ट्रयाक्ट टे«ेसिङ गरिने प्रमुख साहले बताए । देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । उनी भने दिल्लीबाट आएका थिए । संक्रमीत २ जना नै नेपालमा लकडाउन पछि भारतबाट चोर बाटो हुदै नेपाल आएका थिए ।
यस अघि पनि रौतहटको इशनाथ नगरपालिकाका एक युवामा पोजेटिभ देखिएपछि वीरगन्जमा उपचारपछि उनी समेत घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्