नामै मात्रको क्वारेन्टाइन

पाँचथर-बिना मापडण्ड बनाइएको क्वारेन्टाइनले कोरोना संक्रमणको जोखीम बढ्दै गएको छ । जिल्लामा रहेको राँके बजार स्थित जलसिह माध्यमिक विद्यालयको सिमेन्टेट भवनमा क्वारेन्टाइन नाम दिएर एउटा सानो कोठामा २२ जना सम्म सुताइएको छ । राँके जिल्लाको चिसो हुने स्थान हो । अहिले पनि राँकेको मौसम धेरै चिसो छ । चिसो मौसम भएको स्थानमा राम्रो ओढ्ने ओछ्याउने समेत ब्यवस्था नगरी मानिसहरुलाई बिजोक अवस्थामा राखिएको छ ।
काठमाण्डौँबाट ल्याइएकाहरुको अवस्था निकै बिजोक अवस्थामा राखिएको छ । चिसोको समयमा न ओछ्याउने राम्रो न ओड्नेनै । सबैलाई एउटै कोठामा सुताए पछि संक्रमणको समेत चिन्ता बढेको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरिरेहका थिए । चिसोमा काम्दै बसेका देखिन्थ्यो ।
काठमाण्डौमा रोजगार गर्ने तथा पढिरहेकाहरु कोरोना कहरमा परिबार संगै हुने आशाले घरमा आएकाहरु क्वारेन्टाइनमा चिसोको समाना गरेर बसिरहेका छन । सानो कोठमा खादा खाद मानिसहरु राखिए पछि उनिहरु आफै संक्रमण चिन्ता थपिएको बताउछन् । चिसो मौसममा खादिएर राम्रो ओढ्ने ओछ्याउने नभएकाले झाडापखलाको संक्रमण समेत सुरु हुनथालेको उनिहरु बताउछन् ।
“क्वारेन्टाइन आफ्नै लागी त हो तर यहाँ त धेरै जोखिम बढेर गएको छ । एउटै कोठामा २२ जना सम्म सुत्नु परेको छ जोखित उसै भइहाल्यो नि ।”आङसराङका सरोज तामाङले भने । ‘ यो त के क्वारेन्टाइन भन्नु साघुँुरो कोठामा बिजोकले राखेको छ । तमाङले भने
काठमाण्डौँबाट ल्याइएको १०२ जनालाई यहाँको क्वारेन्टाईनमा राखिएको थियो । दुई जनाता साना बच्चाका आमाहरु समेत थिए । क्वारेन्टाइनमा बालबालीका र महिलाहरुको बिजोक देख्न सकिन्छ । बयबृद्धाहरु समेत क्वारेनटाइमा नाजुक अवस्थाले बसेका छन् । यस क्वारेन्टाइनमा फिदिम नगरपालिकार र फाल्गुनन्द गाँउपालिकाका लाई राखिएको छ ।
क्वारेन्टाइनमा राखिएकाहरुलाई ¥यापिड डाईगोनोष्टिक टेष्ट ९आरडिटि० गरेरमात्र घर पठाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । किट नहुँदा उनीहरुको परीक्षण हुन सकेको छैन ।