Logo

अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले ज्यान गुमाए

संक्रमितको संख्या ४ लाख


वासिङटन-
पछिल्लो समय अमेरिका कोरोनाको केन्द्र बन्न थालेको छ । यहाँ कोरोना भाइरसले संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ ।
जोन हप्किन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ को मृत्यु भएको छ । त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो ।
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ । अमेरिकको न्यूयोर्कमा मात्रै एकै दिन पाँच सय भन्दा बढीको ज्यान गएको छ ।
यसैगरी अर्को प्रभावित मुलुक फ्रान्समा एकै दिन ज्यान गुमाउनेको संख्या १४ सय भन्दा बढी छ । यहाँ मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । स्पेनमा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जना नयाँ संक्रमित पुष्टि भएको छ । स्पेनमा मृत्यु हुनेको संखाय १४ हजार नाघेको छ । इटालीमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा कहीदिनदेखि कमी आएको छ । इटालीमा सबै भन्दा बढी १७ हजार १ सय २७ जनाले ज्यान गुमाइसकेको छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८२ हजार नाघेको छ भने संक्रमितको संख्या १४ लाख ३० हजार छ ।

प्रतिक्रिया दिनुहोस्