Logo

कोरोनाभाइरसको असरः २० खर्ब डलर गुमाउदै विश्वव्यापी उड्डयन उद्योग

 
कोरोनाभाइरसको असरः २० खर्ब डलर गुमाउदै विश्वव्यापी उड्डयन उद्योग

aबेइजिङ-कोरोनाभाइरसको महामारीका कारण विमान सेवा बाहेकका विश्वव्यापी उड्डयन उद्योगले २० खर्ब डलर गुमाउने र एसिया–प्रशान्तमा मात्रै लाखौ रोजगारी जोखिममा परेको स्वतन्त्र थिंक ट्यांक इन्ससटिच्यूट फर एभिएशन रिसर्चका संस्थापक तथा अध्यक्ष झेङ लीले बताए ।
“पुरै सप्लाई चेनका लागि एयरलायन्स प्रमुख रहदै आएको छ । यदी यी समस्यामा परेमा सप्लाई चेनको अन्य भाग प्रभावित हुन्छन्,” लीले भने ।
“विश्वव्यापी उड्डयन क्षेत्रमा परेको प्रभावका कारण पहिलेनै २ खर्ब अमेरिकी डलर नाघिसकेको छ । यो केबल एयरलायन्सलाई हो । यसमा विमानस्थल, विमानस्थलमा रहेको रिटेलर र ग्राउन्डका कामदारलाई परेको प्रभाव समावेश गरिएको छैन । यसको ठूलो प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा १० गुणा भन्दा बढी हुन सक्छ । जस्तै पर्यटन, निर्यात र आयात व्यापारमा पर्ने धक्का ।”
अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) को पछिल्लो अनुमान अनुसार यो वर्ष एसिया–प्रशान्त क्षेत्रका एयरलायन्सले यात्रु आम्दानीमा ८८ अर्ब डलर गुमाउने र विश्वव्यापी रुपमा २ खर्ब ५२ अर्ब डलर गुमाउनेछन् ।
उड्डयन इकोसिस्टम विशाल छ र यसले कतिपय उद्योगहरुलाई सहयोग गर्दै आएको छ । यसमा उडानको समयमा खाना उपलव्ध गराउने, ग्राउन्ड सेवा कम्पनीहरु, यातायात, भण्डारण र मर्मत प्रदायक, ड्यूटी–फ्री पसलमा काम गर्ने लाखौ, खुद्रा बिक्रेता र क्याटरिङ, ग्राउन्ड स्टाफ, सटल बस चालक र सुरक्षा व्यक्तिलाई समावेश गरिएको छ ।
उड्डयन क्षेत्र र उद्योग तया यससँग सम्बन्धित पहिले चीनमा देखिएको कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र यस मुलुकबाट बाहिर जाने यात्रु विश्वव्पाी पर्यटन उद्योगका लागि प्रमुम वाहकको रुपमा रहदै आएका थिए । चिनियाँ पर्यटकले २०१८ मा १ खर्ब ३० अर्ब डलर खर्च गरेका थिए । यो खर्च अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी भएको चाइना टुरिजम एकेडेमीले जनाएको छ । तर, विश्वका २०० भन्दा बढी मुलुकमा रोग फैलिएपछि सरकारहरुले भ्रमणमाथि प्रतिबन्ध लगाएका छन् । यसले एयरलायन्सहरु आफ्नो बेडामा रहेका अधिकांश विमानलाई ग्राउन्डेड गर्नका लागि बाध्य भएका छन् ।
एसिया–प्रशान्त क्षेत्रका मुलुकमा २०१६ मा उड्डयन उद्योगले ३ करोड २ लाख रोजगारीलाई सहयोग गरेको थियो भने यी मुलुकरुको जीडीपीमा ६८४ अर्ब डलरको योगदान गरेको स्वीट्जरल्यान्डमा रहेको संगठन एभिएसनःबेनिफिट्स बियोन्ड बोर्डर्सले जनाएको छ ।
पर्यटकिय आम्दानीमा निर्भर रहदै आएका चिनियाँ एयरलायन्स र अन्य सम्बन्धित उद्योगहरुले एसियामा ठूलो पीडाको महशुश गरिरहेको सिभिल एभिएसन म्यानेजमेन्ट अफ चाइनाकाम प्राध्यापक डियाओ विमिनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्