करारमा स्वास्थ्यकर्मी भर्ती गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ ।
कर्णालीका तिन जिल्ला डोल्पा, हुम्ला र मुगुमा संघीय सरकारबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तण गर्न मंगलबार मुगु पुगेका मुख्यमन्त्री महेन्द बहादुर शाहीले कोराना बिरुद्धको युद्ध लड्न प्रदेशले तीन महिनाको लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने बताए ।
प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार रहेका सम्पूर्ण जनशक्तिलाई करारमा भर्ना गर्ने र तीन महिनाका लागि भएपनि युवाहरुलाई रोजगारी दिने मुख्यमन्त्री शाहीले बताए ।
उनले जहाँ बिरामी भेटिन्छ त्यही उपचार गरेर ठीक पार्ने रणनीति े लिएको बताए । भुकम्प आएजस्तो बिरामीलाई जिल्ला अस्पताल ल्याउने होइन, जुन घर, टोल, गाउँ र वडामा रोग फैलिन्छ त्यही सम्पूर्ण जनशक्ति केन्द्रीत गरेर ठीक पार्ने योजनाका साथ प्रदेश लागेको उनले बताए ।
‘ग्रामीण भेग यातायतको पुहँच नपुगेका स्थानबाट शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न परेमा हेलिकप्टरको प्रयोग गरिने छ,’ मुख्यमन्त्री शाहीले भने ।
कोराना भाइरसको युद्ध लडिरहेका बेला कमंचारीलाई हारमानेर पछि नहट्न पनि उनले आग्रह गर्दै उनले भाइरस विरुद्ध लड्ने स्वास्थ्य कर्मचारीलाई शत प्रतिशत तलब बढाउने र सुरक्षाकर्मीलाई ५० प्रतिशतका दरले तलबमा बृद्धि गर्ने पनि खुलासा गरे ।
डोल्पा, हुम्ला हुँदै मुगुमा मुख्यमन्त्री शाही र सामाजिक मन्त्री दलबहादुर रावलले नेपाली सेनाको हेलिकप्टरमार्फत् स्वास्थ्यकर्मीहरुका लागी चाहिने सामग्री वितरण गरेका हुन् । जिल्ला अस्पताल लाई हस्तान्तण गरेका छन । जसमा सर्जिकल गाउन ८५, माक्स ३०००, डिस्पोजल गोलब्स १८००, एन ९५ माक्स २५ पिस, इन्फोथर्ममिटर १ थान, हइान्डमेड गाउन ५०, भाइजर ५०, गगल्स ५ थान, सेनिटाइज १०० थान, एमएल १ बोतल र पम्पलेट ३ ठेली प्राप्त भएको मुगु जिल्ला अस्पताल विकास समितिका अध्यक्ष पारसमणि मल्लले बताए ।
यसैगरी हुम्लामा कोरोना संक्रमितको उपचारको लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई पु¥याइएको छ । नेपाल सरकारले सोमबार प्रदेश सरकार समक्ष हस्तान्तरण गरेको सामग्रीलाई विकट मानिएको सडक सञ्जाल नजोडिएको हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको हो । उपचारमा कठिनाई हुन नदिन तत्काल प्रदेश सरकारले सडक मार्ग नछोएका जिल्लामा कोराना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई समस्या हुन नदिन पीपीई ल्याइएको हो । सामग्री कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले आफै आएर छोडेका छन् ।
कोरोना जिल्लामा नभित्रियोस् भन्नको लागि स्थानिय प्रशासनले समेत सजगता अपनाएको प्रमूख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । ‘हामीले धेरै ठाउँमा प्रहरीलाई खटाएका छौं, स्थानीय जनता जबसम्म सचेत रहँदैनन् तबसम्म अरुले केही उपाय नलाग्ने भएकोले सचेत रही सहयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘हाल खाद्य पदार्थको केही समस्या छै, अब एक महिनासम्म चल्न सक्ने मौज्दात छ, त्यसपछि आवश्यक पर्ने समाग्री सरकारले ढुवानी कुनै न कुनै माध्यमबाट गर्नुपर्छ ।’
दानबहादुर बुढा-रेशमराज रोकाया