सेनाको प्रविधि चोरी अमेरिकाको टाउको दुखाई «

सेनाको प्रविधि चोरी अमेरिकाको टाउको दुखाई

चीनले गर्ने गरेको अमेरिकी सेनाको संवेदनशील प्रविधि  चोरी अमेरिकाका लागि टाउको दुखाईको विषय भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटघाटको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र उत्तर कोरियाको मुद्धाका अलावा अमेरिकी बौद्धिक सम्पत्तिको चिनियाँ चोरीको बारेमा पनि कुरा उठाएका छन् ।
साइबर युद्ध सम्बन्धि विषयमा सम्झौता भए बावजुद चीन  अझैपनि अमेरिकी सेनाको संवेदनशील प्रविधि चोरीमा संलग्न भएको एक प्रतिरक्षा विश्लेषकले बताएका छन् । वर्षौैसम्मको ह्याकिङ पनि विकसित र आधुनिक क्षेप्यास्त्र, ड्रोन प्रविधि र स्टिल्फ लडाकु विमानमा अमेरिकासँगको अन्तर कम गर्न चीन सफल भएको रक्षा विश्लेषकले बताएका छन् ।
२०३० देखि कृत्रिम बौद्धिकतामा चीनको वर्चश्व रहने र उसले सैन्य उद्देश्यका लागि यसको प्रयोग गर्न सक्ने एक प्रतिवेदनको अनुमान छ ।
यसैबीच चीनले आफ्ना स्वदेशी प्रविधि फर्महरुलाई देशको सेनालाई सहयोग गर्न पनि दबाब दिँदै आएको छ । उसले विकसित प्रविधिको प्रयोगका लागि यस किसिमको दबाब दिँदै आएको हो ।
चीनले नयाँ स्टिल्थ लडाकु विमान जे–२० को निर्माण गर्ने समयमा पनि यसलाई औद्योगिक जासुसीले सहयोग गरेको कुरा पनि जानकारीमा आएको छ । जे–२० सेप्टेम्बरदेखि सञ्चालनमा आएको हो ।
विमानको कैयै ढाँचा तयार भएको भएपनि एफ–२२ को अन्तिम ढाँचा लकहिड मार्टिनको चोरी भएको पनि जानकारीमा आएको छ । हाल विकासको क्रममा रहेको चीनको एफसी–३१ गिरफाल्कन सानो स्टिल्थ फाइटरले पनि लकहिडकोको एफ–३५ को नक्कल गरेको बताइदै आएको छ ।
“बेइजिङले अमेरिकी रक्षा ठेकेदारलाई निशाना बनाएर उनीहरुको कम्प्युटरमा प्रवेश गरेको र अमेरिकाको केही उत्तम सैन्य सम्पत्तिको ढाँचा चोरी गरेको छ,” पूर्व राष्ट्रपति रिचार्ड निक्सनले स्थापना गरेको थिंक ट्यांक सेन्टर फर नेसनल इन्टरेस्टको प्रतिरक्षा अध्यनका निर्देशक ह्यारी काजियानिसले बताए ।
अमेरिका र चीनबीच २०१५ मा साइबर ह्याकिङको सम्झौता भएपनि यसले दीर्घकालमा अर्थ राख्ने विषयमा काजियान्स र अन्य मानिसहरु सशंकित देखिएका छन् ।
यो ठूलो समस्या भएको पनि उनले बताए ।
अमेरिकी क्यारियर, आधुनिक प्रतिरक्षा प्रणालीका साथसाथै एफ–२२ र एफ–३५ जेटको ढाँचा र सूचना चोर्न अमेरिकी कम्प्युटरमा चिनियाँहरु प्रवेश गर्न सफल भएको पनि कानियान्सले बताए ।संघिय  न्यायालयले २०१४ मा चिनियाँहरुले बोइङको सी–१७ सैन्य ढुवानी विमानको व्यापार गोपनियता चोरेको संकेत गरेको थियो । चीनमा भएको दुई निकायले एफ–२२ र एफ–३५ को सैन्य गोपनियता चोर्नका लागि काम गरेको अमेरिकाले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्