Logo

एभरेस्ट बैंकको टिच फर नेपाललाई थप सहयोग

एभरेस्ट बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा हालसालै शिक्षामा सीएसआरको पहलअन्तर्गत टिच फर नेपाललाई सहयोग पु-याउन चेक हस्तान्तरण गरेको छ । टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेसेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोसिप शिक्षणको साथ सुरु गर्दै आइरहेको छ । एभरेस्ट बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाइ र खानेपानीलाई सहयोग गरिरहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्