पाकिस्तानले ग-यो क्रुज मिसाइल राड–२ को सफल परीक्षण «

पाकिस्तानले ग-यो क्रुज मिसाइल राड–२ को सफल परीक्षण

इस्लामाबाद-पाकिस्तानले ६ सय किलोमिटरको दूरीसम्म हमला गर्ने क्षमता भएको परमाणु शक्ति सम्पन्न मिसाइल राड–२ को सफल परीक्षण गरेको छ । यसलाई भूमि र समुद्री हमलालाई विफल बनाउने सेनाको क्षमता बढाउने मिसाइलका रूपमा हेरिएको छ ।
सेनाको मिडिया एकाइ इन्टर–सर्भिसेज पब्लिक रेलेसन्स (आईएसपीआर) को प्रेस विज्ञप्तिमा भनिएको छ, “राड–२ शस्त्र प्रणाली अत्याधुनिक निर्देश तथा नौवहन प्रणालीयुक्त रहेको छ, जसले अत्यन्त सटीक तरिकाबाट निशाना लगाउन सक्छ ।”
६ सय किलोमिटरको क्षमता भएको क्रुज मिसाइल हावाबाट भूमि तथा समुद्रामा गरिने हमलालाई विफल बनाउने पाकिस्तानी सेनाको रणनीतिक क्षमता बढाउने विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीले यसको सफल परीक्षणको अवलोकन गरेका थिए । स्ट्राटेजिक प्लान्स डिभिजनका महानिर्देशक लेफ्टिनेन्ट जनरल नदिम जकी मन्जले यो सफल परीक्षणलाई पाकिस्तानको हमला रोक्ने क्षमता बढाउने दिशामा महत्वपूर्ण कदम भएको बताएका छन् ।
उनले जसले यो शस्त्र प्रणालीको विकास गरेर प्रक्षेपणलाई सफल बनाए ती वैज्ञानिक र इन्जिनियरको प्राविधिक क्षमताको प्रशंसा गरेका छन् ।
पाकिस्तानका राष्ट्रपति आरिफ अलवी, प्रधानमन्त्री इमरान खान तथा वरिष्ठ सैन्य अधिकारीले मिसाइलको सफल परीक्षण भएकोमा वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्