प्रभावकारी बन्दै सहरी स्वास्थ्य केन्द्र «

प्रभावकारी बन्दै सहरी स्वास्थ्य केन्द्र

संखुवासभा चैनपुर–८ चापाभइमा स्थापित सहरी स्वास्थ्य केन्द्र प्रभावकारी बनेको छ । त्यस क्षेत्रमा कुनै पनि स्वास्थ्य संस्था नहुँदा स्थानीयवासीहरूले सामान्य स्वास्थ्य सेवा लिनसमेत तीन घण्टा टाढा रहेको खराङ स्वास्थ्य चौकी वा चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र धाउनु पर्ने बाध्यता थियो । बालबच्चा र वृद्धवृद्धाका लागि स्वास्थ्य सेवा अति नै कष्टकर थियो तर अब गाउँमा स्वास्थ्य केन्द्र स्थापना भएसँगै स्वास्थ्य सेवा लिन धेरै सजिलो भएको समाजसेवी केशरबहादुर अधिकारीले बताए । उक्त शहरी स्वास्थ्य केन्द्रमा एकजना अहेव र एकजना अनमीले सेवा प्रवाह गरिरहेकोे चैनपुर नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रुपनारायण झाले जानकारी दिए । उक्त स्वास्थ्य केन्द्रबाट परिवार नियोजन, गर्भवती परीक्षण, ज्वरो झाडापखाला, ब्लड प्रेसर, चोटपटकको उपचार र ड्रेसिङ सेवालगायत स्वास्थ्य परामर्श सेवा दिइरहेकोे चैनपुर नगरपालिका–८ का वडाध्यक्ष भरत खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्