कर छल्दै एप्पल «

कर छल्दै एप्पल

विश्वकै सर्वाधिक नाफा गर्ने कम्पनी एप्पलले पनि  कर छली गरेको खुलासा भएको छ । फर्मको गोप्य नयाँ संरचनाले फर्मलाई अर्बौ डलरको क छली गर्न सहयोग गरेको प्याराडाइज पेपर्सले जनाएको छ ।
फर्मले कर नलाग्ने गरी विदेशमा राखेको नगद २५२ अर्ब डलर पुगेको छ । उसले यो रकम च्यानल आईसल्यान्ड अफ जर्सीमा राखेको खुलासा भएको छ ।
एप्पलले भने नयाँ संरचनाले आफ्नो करलाई कम नगरेको जनाएको छ ।
आपू विश्वकै ठूला कर दाता भएको पनि फर्मले जनाएको छ । विगत ३ वर्षको अवधिमा फर्मले कर्पोरेसन कर अन्तर्गत ३५ अर्ब डलर तिरेको जनाएको छ । आफूले कानुनको पालना रेको र फर्ममा गरिएको परिवर्तनले कुनै पनि मुलुकमा गरिने कर भुक्तानीलाई नघटाएको पनि जनाएको छ ।
आयरल्यान्डबाट कुनै पनि सञ्चालन र लगानीलाई अन्यत्र नसारिएको पनि फर्मले विज्ञप्तिमार्फत् जनाएको छ । प्याराडाइज पेपर्स वित्तीय दस्तावेजको  चुहावटको नाम हो । यसले विश्वको सीमा पारीको वित्तीय अवस्थाको बारेमा जानकारी गराएको छ ।
२०१४ सम्म यो प्रविधि कम्पनीले  अमेरिका र आयरल्यान्डमा ‘डबल आइरिस’ को नामलिे चिनिएको कर कानुनको छिद्र प्रयोग गरेर कर छल्दै आएको थियो ।
यसले एप्पललाई अमेरिका बाहिरको बिक्रीलाई लुकाउनका लागि सहयोग गरेको थियो । हाल अमेरिका बाहिरको बिक्रीबाट एप्पलले आम्दानी ५५ प्रतिशत रहदै आएको छ । कर प्रयोजनको मामिलामा राज्यविहिन जस्तै मानिएको आयरल्यानडको माध्यमबाट एप्पलले अमेरिका बाहिरको आम्दानीलाई लुकाउन सजिलो भएको थियो ।
१२.५ प्रतिशतको आइरिस कर्पोरेसनको कर तिर्नु अर्था अमेरिकाको ३५ प्रतिशतको कर ति घटाउन सहयोग गरेको थियो ।
युरोपेली अयोगले एप्पलको आइरिस कम्पनी मध्येको कर ०.००५ प्रतिशत मात्रै भएको गणना गरेको छ ।
एप्पल अमेरिकी सिनेटमा २०१३ मा दबाबमा परेको थियो । उक्त समयमा सीईओ टिम कुक आफ्नो कर प्रणालीको प्रतिरक्षा गर्नका लागि बाध्य भएका थिए ।
अमेरिकाले ठूलो परिमाणमा कर गुमाएकाप्रति आक्रोश पनि व्यक्त गरिएको थियो । सिनेटर कार्ल लेभिनले कुकलाई भनेका थिए,“तपाईले सुनको हास आयरल्यान्डमा स्थानान्तरण गर्नु भएको छ । तपाइले यसलाई आयरल्यान्डमा कर नतिर्ने तीन कम्पनीमा सार्नु भएको छ । यिनीहरु एप्पलको सुनको ताज हुन् । यो सही होइन ।”
कुकले पनि यसको निश्चित रुपमा सही तरिकाले जवाफ दिएका थिए,“हामीले तिर्नुपर्ने सबै कर तिर्छौै । हामी १ डलर पनि तिर्न तयार छौ । हामी करको चालवाजीमा निर्भर हुदैनौ । हामी केही क्यारेबियन टापुमा पैसा लुकाउदैनौ ।”

प्रतिक्रिया दिनुहोस्