Logo

‘ए’ डिभिजन लिगमा मनाङको सानदार जित

जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले संकटा क्लबलाई हराएको छ । मनाङले संकटालाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलको ४२ औं मिनेटमा संकटाका डिफेन्डर अमित तामाङले आफ्नै पोस्टमा गोल गरेपछि मनाङले एक गोल उपहारमा पाएको थियो । अग्रता बनाएको एक मिनेटभित्रै मनाङका अन्जन विष्टले अग्रतालाई दोब्बर बनाए । उनले ४३ औं मिनेटमा सानदार गोल गरे ।
पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ७१ औं मिनेटमा मनाङका निसान लिम्बूले गोल गरे ।
जितसँगै मनाङले आफ्नो खातामा १९ अंक जोडेको छ । लिगमा अपराजित रहेको एकमात्र टिम मनाङले पाँच खेलमा जित र ४ बराबरी खेल्दै १९ अंक बनाएको हो । मनाङ अंक तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको समान १९ अंक छ । त्यस्तै, २० अंकका साथ त्रिभुवन आर्मी क्लब शीर्षस्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्