Logo

म्याग्दीमा २१ प्रतिशत विकास बजेट खर्च

म्याग्दीमा विकास निर्माणतर्फ २१ प्रतिश बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७६-०७७ को साउनदेखि पुस मसान्तसम्म २१.७३ प्रतिशत बजेट खर्च भएको कोष तथा नियन्त्रक कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
यही आर्थिक वर्षको ६ महिनामा पुँजीगततर्फ संघ र प्रदेशको १ अर्ब ४० करोड ८४ लाख ७२ हजार रुपैयाँमा ३० करोड ६० लाख ८९ हजार ५०५ रुपैयाँ खर्च भएको कोष नियन्त्रक चन्दशेखर सापकोटाले बताए । संघतर्फ ४६ करोड ८६ लाख १६ हजार रुपैयाँमध्ये ८ करोड ६१ लाख ८१ हजार ६३७ रुपैयाँ खर्च भएको छ । प्रदेशतर्फ ९३ करोड ९८ लाख ५६ हजार रुपैयाँमध्ये २१ करोड ९९ लाख ७ हजार ८६७ रुपैयाँ विकास निर्माणमा खर्च भएको छ ।
चालुतर्फ ३५ प्रतिशत बजेट खर्च भएको छ । प्रशासनिक खर्चतर्फ संघ र प्रदेशका २ अर्ब ८९ करोड ५५ लाख ६ हजार ९४३ रुपैयाँमध्ये १ अर्ब २ करोड ८८ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ ।
यस आर्थिक वर्षको ६ महिनामा संघ र प्रदेशको कुल बजेटको ३१ प्रतिशत बजेट खर्च भएको छ । ४ अर्ब ३० करोड ३९ लाख ७८ हजार ९४३ रुपैयाँमध्ये १ अर्ब ३३ करोड ४९ लाख २७ हजार ५९६ रुपैयाँ खर्च भएको कोष नियन्त्रक सापकोटाले बताए ।
संघतर्फ ३५ प्रतिशत बजेट मात्र खर्च भएको छ । कुल २ अर्ब ९५ करोड ८९ लाख ९२ हजार ९४३ रुपैयाँ बजेटमध्ये १ अर्ब ६ करोड ४१ लाख ३२ हजार ६१४ रुपैयाँ खर्च भएको कोष तथा नियन्त्रक कार्यालय म्याग्दीले जानकारी दिएको छ । यस्तै प्रदेशतर्फ १ अर्ब ३४ करोड ४९ लाख ८६ हजार रुपैयाँमध्ये २७ करोड ७ लाख ९४ हजार ९८२ रुपैयाँ खर्च भएको कार्यालयले जानकारी दिएको छ ।

१४ करोड २० लाख राजस्व संकलन
म्याग्दीमा साउनदेखि पुस मसान्तसम्म १४ करोड २० लाख ९८ हजार ६०२ रुपैयाँ राजस्व संकलन भएको छ । संघतर्फबाट १२ करोड ४ लाख ४५ हजार ९४५ रुपैयाँ राजस्व संकलन छ । प्रदेशतर्फ २ करोड १६ लाख राजस्व संकलन भएको कोलेनिका कम्प्युटर अपरेटर टेकबहादुर थापाले जानकारी दिए ।
गत आर्थिक वर्ष १४ करोड राजस्व संकलन भएको थियो । भने यसवर्ष ६ महिनामा गत आर्थिक वर्षको भन्दा बढी राजस्व संकलन भएको छ । संघ र प्रदेशका विभिन्न कार्यालयबाट सो राजस्ज संकलन भएको छ ।

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्