सानिमा बैंकको ७ नयाँ शाखा

सानिमा बैंकले डडेलधुराको अमरगढी, कैलालीको टीकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा थप बिस्तार गरेको छ । अमरगढी र टीकापुर शाखा कार्यालय उदघाटन् बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र सञ्चालक भरतबहादुर थापाद्वारा संयुक्त रूपमा भयो भने तानसेन शाखा कार्यालय उद्घाटन ब्रान्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा सञ्चालक भरतबहादुर थापाद्वारा संयुक्त रूपमा भएको बैंकले जनाएको छ । उद्घाटन समारोहमा सानिमा बैंकका सञ्चालक भरतबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीतिलिएको बताए ।