हामी नम्बर एक बन्न सक्छौं : हुवावे

हङ्कङ-गुगलको सफ्टवेयर र एप्सबिना नै हुवावे विश्वकै नम्बर एक स्मार्टफोन ब्रान्ड बन्न सक्ने हुवावेका सिइओ तथा संस्थापक रेन झेङफेइले बताएका छन् ।
चिनियाँ कम्पनी दूरसञ्चार उपकरण निर्माणको मामिलामा विश्वकै ठूलो कम्पनी बनिसकेको छ । अमेरिकी व्यापारको कालोसूचीमा नराखिँदासम्म यो कम्पनीले विश्वकै ठूलो स्मार्टफोन कम्पनीमा सामसङलाई उछिन्ने लगभग तय भइसकेको थियो ।
अमेरिकी प्रतिबन्धले अमेरिकी कम्पनीहरूसँग व्यापार गर्नका लागि हुवावेलाई प्रतिबन्ध लाग्दै आएको छ । यसरी प्रतिबन्धमा परेका अमेरिकी कम्पनीहरूमा गुगल, इन्टेल र ब्रोडकम रहेका छन् । यी कम्पनीहरूले हुवावेसँग व्यापार गर्नका लागि अमेरिकी सरकारको स्वीकृति लिनुपर्नेछ ।
हुवावे फोन किन्ने चीनबाहिरका उपभोक्तालाई लोकप्रिय एप्सहरू जस्तै फेसबुक, उबर र गुगल म्यापमा पहुँच नहुने भएपछि हुवावेले मुस्किलले हासिल गरेको चीनबाहिरको बजार खुम्चिन थालेको छ ।
गुगलबिना पनि हुवावे विश्वकै नम्बर एक स्मार्टफोन ब्रान्ड हुन सक्छ ? भनी सोधिएको प्रश्नमा उनले भने, “मलाई यसले समस्या पार्लाजस्तो लाग्दैन । तर, यसका लागि अलि समय लाग्नेछ ।”
आपूmविरुद्धको व्यापक अमेरिकी अभियानका कारण हुवावे दबाबमा पर्दै आएको छ । हुवावेका उत्पादनहरूले राष्ट्रिय सुरक्षाको जोखिम हुने वासिङ्टनले बताउँदै आएको छ । यद्यपि यो आरोपको चिनियाँ कम्पनीले खण्डन गर्दै आएको छ ।