हुवावेका कर्मचारीलाई २८.६ करोड डलरको बोनस

सेनझेन-चीनको दुरसञ्चार कम्पनी हुवावेले अमेरिकी प्रतिबन्धको अप्ठेरोबाट उम्कनका लागि सहयोग गर्ने कर्मचारीलाई २८.६ करोड डलरको बोनस दिने भएको छ । यो रकम कम्पनीको अनुसन्धान र विकास टोलीलाई उपलव्ध हुने अपेक्षा गरिएको छ । यो टोली कम्पनीलाई अमेरिकी निर्भरताबाट उम्किने प्रयासमा काम गरिरहेको छ । रोयटर्सले मंगलबार यो विषयमा जानकारी दिएको हो । एजेन्सीका अनुसार हुवावे आफ्ना सबै १.९० लाख कर्मचारीलाई यो महिना तलब पनि दोब्बर दिने तयारीमा रहेको छ ।
विश्वकै ठूलो टेलिकम उपकरण निर्माता कम्पनी हुवावेले आपूm अमेरिकी हार्डवेयरको विकल्पको खोजीमा रहेको उल्लेख गरेको छ । अमेरिकाले हुवावेलाई मे महिनामा कालोसूचीमा राखेर अमेरिकी कम्पनीलाई यो चिनियाँ कम्पनीसँग कारोबार गर्नका लागि रोक लगाएको थियो । हुवावे आप्mनो प्रमुख पार्टसहरुको आपूर्तिका लागि अमेरिकी फर्महरमाथि निर्भर रहदै आएकाले ट्रम्पको निर्णयले हुवावेको मुश्किल बढेको थियो ।
हुवावेको उपकरणबाट सुरक्षा खतरा भएकाले उक्त कम्पनीमाथि प्रतिबन्ध लगाउनु परेको भनाई अमेरिकाको रहदै आएको छ । अमेरिकाका अनुसार हुवावेका संस्थापक रेन झेङफेको चिनियाँ सरकारसँग नजिक र गोप्य सम्बन्ध रहदै आएको दावी अमेरिकाले गर्दै आएको छ । अमेरिकाले हुवावेको उपकरणबाट जासुसीको खतरा रहेको बताउदै आएको छ । यद्यपी हुवावेले भने यस किसिमको आरोप अस्वीकार गर्दै आएको छ ।
हुवावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी पनि हो । स्मार्टफोनको बिक्रीमा भएको वृद्धिले कम्पनीको जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिका आम्दानी २७ प्रतिशतले बढेको थियो ।