८ महिनामा जापान पहिलो व्यापार घाटामा «

८ महिनामा जापान पहिलो व्यापार घाटामा

जनवरीमा ८ महिनमा पहिलो पटक जापानले व्यापार घाटा बेहोरेको छ । इन्धनको आयात निर्यात आम्दानीको तुलनामा बढी भएपछि जापान व्यापार घाटामा भएको सरकारी तथ्यांकले देखाएको छ ।
विश्वकै तेस्रो ठूलो अर्थतन्त्रले जनवरीमा ९४३.४ अर्ब येन अर्थात ८८ करोड ७० लाख डलर व्यापार घाटा बेहोरेको छ । यो व्यापार घाटा गत वर्षको मे देखिकै पहिलो भएको वित्त मन्त्रालयले जनाएको छ ।
बजारले १.०२ ट्रिलियन येनको घाटा हुने अपेक्षा गरेको थियो ।
निर्यातमा १२.२ प्रतिशतको वृद्धि भई ६.०८६ ट्रिलियन येन कायम भएको छ भने आयातमा पनि ७.९ प्रतिशतको वृद्धि भई ७.०२९ ट्रिलियन येन कायम भएको छ ।
डलरसँग येनको विनिमय दर अघिल्लो वर्षको समान महिनाको तुलनामा ३.४ प्रतिशतले अधिमूल्यन भएको छ ।
येनको अधिमूल्यन भए बावजुद कच्चा तेल, चिकित्सा उत्पादन र तरल प्राकृतिक ग्यासको आयातको खर्चमा पनि वृद्धि भएको छ । यस किसिमका बस्तुको व्यापारको आयतन वृद्धि भएकाले खर्च पनि बढेको मन्त्रालयले जनाएको छ ।
राजनीतिक रुपमा संवेदनशील मानिएको अमेरिकासँगको व्यापार बचतमा भने १२.३ प्रतिशतले संकुचन आएको छ । तरल प्राकृतिक गयास, जैविक रसायन र चिकित्सा उत्पादनको आयातमा वृद्धि भएकाले अमेरिकासँगको व्यापार बचतमा कमी आएको हो ।
१९९० देखिका केही दसकसम्म दुई मुलुकबीच उनीहरूको व्यापार प्रवाहको विषयमा संघर्ष भएको थियो । तर वर्तमान अमेरिकी प्रशासनको मातह त मा यो कम महत्वको विषय भएको छ । वासिङटनका लागि चीनकमो व्यापार बचत ठूलो चासोको विषय भएकाले अमेरिकी प्रशासनले जापानसँगको व्यापार घाटालाई कम महत्व दिएको हो ।

प्रतिक्रिया दिनुहोस्