Logo

पाकिस्तानमा गुडिरहेको रेलमा विष्फोट हुदा ६५ को मृत्यू

रावलपिन्डी-बिहीबार पाकिस्तानको कराची–रावलपिन्डी तेजगाम एक्सप्रेस रेलमा विष्फोट भएको छ । यो दुर्घटना पंजाब प्रान्तको दक्षिणमा रहिमा यार खान नजिकै भएको थियो । रेलवे अधिकारीका अनुसार खाना पकाउन प्रयोग गरिने ग्यास विष्फोट भएपछि यो दुर्घटना भएको हो । विष्फोटपछि ३ बग्गीमा आगो लागेको थियो । यो दुर्घटनामा ६५ को ज्यान गएको छ भने ३० भन्दा बढी मानिस गम्भीर रुपमा घाइते भएका छन् ।
घाइतेलाई मुल्तानको बीभीएच बहावलपुर तथा पाकिस्तान–इटालिनय बर्न केन्द्रमा भर्ना गरिएको छ । रहिम यार खानका उपआयुक्त जमिल अहमदको रेखदेखमा उद्धार कार्य भइरहेको छ ।
हाल सम्म उपलव्ध जानकारी अनुसार बिहीबार बिहान यो विष्फोट भन्दा पहिले इकोनोमी क्लासको २ डब्बा र १ बिजनेस क्लासको डब्बाबा आगो लागेको थियो । ज्यान बचाउनका लागि कैयौ मानिसले चलिरहेको रेलबाट तल हामफालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्