लिटरमा ४ रुपैयाँ बढ्यो पेट्रोल

काठमाडौं– नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा एक लिटर पेट्रोलको १७५ रुपैयाँ पर्नेछ ।
सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य भने हेरफेर नभएको निगमले जनाएको छ ।