Logo

विदेश जाने बढी जनसंख्या २० देखि २९ वर्ष उमेर समूहका

३८ प्रतिशत कुलिन जनसंख्या बागमती प्रदेशमा, हिमाल र पहाडको घट्दै

काठमाडौं- राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका वागमती प्रदेशमा बस्ने गरेको देखिएको छ । आइतबार राष्ट्रिय तथ्यांक कार्यालयद्वारा जारी तथ्यांकले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या वागमती प्रदेशमा बस्ने गरेको देखाएको हो ।

तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग वागमतीमा बस्ने गरेको बताए । उनले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्यांक रहेको बताए । उनकाअनुसार कर्णाली प्रदेशमा करिव ४.२ प्रतिशत मात्रै जनसंख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।

तथ्यांक कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिव २२ लाख रहेको छ । निर्देशक लामिछानेकाअनुसार नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिएको बताए । उनले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको बताए ।

उनले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताए । उनले पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भएपनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गरे । तथ्यांक कार्यालयकाअनुसार उमेरको हिसावमा ०–१४ वर्षसम्मका बालबालिको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ ।

२५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए । उनले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताए । उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताए । उनकाअनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए ।

प्रतिक्रिया दिनुहोस्