Logo

व्यापारी अरुण चौधरीसँगै अजितनारायणसिंह थापा पनि पक्राउ

काठमाडौं- बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा दुई जना पक्राउ परेका छन् । व्यापारी अरुण चौधरीसँगै अजितनारायणसिंह थापा पक्राउ परेका हुन् । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि उनीलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । यसैगरी थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।

उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको र बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्