दक्षिण कोरियाले ३५ हजार रोजगारी थप्ने «

दक्षिण कोरियाले ३५ हजार रोजगारी थप्ने

दक्षिण कोरियाले आगामी २०२२ सम्ममा स्वास्थ्य क्षेत्रमा झन्डै ३५ हजार नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । विश्वकै बायो प्रविधि र मेडिकल उद्योगको केन्द्र बन्ने लक्ष्यको अंशको स्वरूप यो परिमाणमा रोजगारी थपिन लागेको सरकारले जनाएको छ ।
यातायात मन्त्रालयले घोषणा गरेको योजनाको मातहतमा सरकारले नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरेको हो । विश्वव्यापी बायो बजारलाई हालको १.८ प्रतिशतबाट ४ प्रतिशतमा पुरयाउने देशको प्रयासस्वरूप यो विस्तार गर्न लागिएको हो ।
लक्ष्यमा पुग्नका लागि सरकारले ६ प्रमुख अस्पतालसँग मिलेर बायो तथ्यांक सिर्जना गर्ने योजना बनाएको छ ।
ठूला तथ्यांक नयाँ औषधीको विकास गर्न र नयाँ सेवाको सिर्जना गर्नका लागि प्रयोग गरिनेछ ।
“दक्षिण कोरियामा विश्वस्तरको बायो तथ्यांक छ,” वाणिज्यमन्त्री पाक उन ग्यूले बताए । डिजिटल तथ्यांक ठूला अस्पतालले सञ्चालन गरेको सूचना प्रणालीमा आधारित हुनेछन् ।
देशको विश्वव्यापी बायोटेक र चिकित्सा उद्योगको केन्द्र बन्ने लक्ष्यलाई समर्थन गर्न सरकारले प्रयास गरिरहेको छ ।
पछिल्ला वर्षहरूमा स्थानीय बायो कम्पनीहरू विश्वव्यापी मञ्चमा बढी प्रतिस्पर्धी हँुदै आएका छन् । आर एन्ड डीको खर्चमा गरिएको विस्फोटक परिमाणको सहयोगमा दक्षिण कोरियाका बायो कम्पनीहरू विश्वव्यापी मञ्चमा प्रतिस्पर्धी देखिएको बताइएको छ । क्षेत्रमा विश्वव्यापी शक्तिकेन्द्र बन्नका लागि मन्त्रालयले गुणस्तरीय जनशक्तिको महŒवलाई जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्