प्रतिनिधिसभा बैठकमा दुई विधेयक पेश

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज दुई वटा विधेयक पेश भएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पेश भएको छ भने “भन्सार विधेयक, २०८० पेश भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेका हुन् ।
त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए । उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारीक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिए ।