भारतको चिया निर्यात ३६ वर्षकै उच्च «

भारतको चिया निर्यात ३६ वर्षकै उच्च

गत वर्ष भारतले गरेको चियाको निर्यात २४ करोड ७० हजार किलोग्रामको कीर्तिमानी अवस्थामा पुगेको छ । यो १९८१ मा कायम भएको २४ करोड १३ लाख किलोग्रामको तुलनामा पनि बढी भएको टी बोर्डले सार्वजनिक गरेको अस्थायी तथ्यांकले देखाएको छ । विश्वव्यापी रूपमा भारतको दुई प्रतिद्वन्द्वी मानिँदै आएका मुलुकलगायत भारतका पाँच आयातित मुलुकका कारण भारतको निर्यातमा वृद्धि भएको हो ।
आयतनका आधारमा निर्यात ८.२ प्रतिशतले उच्च भएको छ भने मूल्यका आधारमा ५.९ प्रतिशतले वृद्धि भई ४७३१.७ करोड कायम भएको नियामक निकायले विज्ञप्तिमार्फत जनाएको छ । डलरका आधारमा पनि निर्यातमा ९.३ प्रतिशतले वृद्धि भई ७२ करोड ६७ लाख डलर कायम भएको छ । भारतले २०१६ मा २२ करोड २५ लाख किलोग्राम चिया निर्यात गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्षको जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा भारतको चिया उत्पादन गर्ने क्षेत्र उत्तर र दक्षिण दुवैको निर्यात उच्च कायम भएको छ ।
भारतको यो भूमिकामा इजिप्टको भूमिका सबैभन्दा बढी छ । यो मुलुकले गरेको निर्यातमा पनि १ सय ६६ प्रतिशतले वृद्धि भएको छ । दोस्रोमा श्रीलंका छ । श्रीलंकाले गरेको निर्यातमा ८४.८ प्रतिशतको वृद्धि भएको छ । यसैबीच चीन र भारतको चियाँ निर्यातमा ५० प्रतिशतको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्